मेषः
दिनको अधिकाँस समय प्रतिकुल देखिन्छ । गर्न लागेका काम पनि विग्रिन सक्छन सतर्क भई गर्नु होला । मानसिक चिन्ताले छोड्ने छैन । अनावस्यक काम भने बढि हुन सक्छन् । व्यपारमा आएको मन्दि कायम रहला ।
वृषः
पारिवारिक सहयोग प्राप्त हुनेछ । समयले साथ दिएको देखिन्छ काममा विलम्ब नगर्नु होला । गरेका कामबाट लाभ हुनेछ । आहार विहारमा ध्यान दिनु होला नत्र स्वस्थ्य कमजोर बन्ने छ । व्यापारबाट सामान्य आम्दानी हुनेछ ।
मिथुनः
विजय यात्रा शुरु हुनेछ । नयाँ कार्य योजनाको बारेमा सोच विचार हुनेछ । रोजगरीको अवसर आउन सक्छ । उद्योग धन्दा बन्द व्यापारमा सुधार आउने छ । काम गर्ने जोश जागर पनि बढ्ने छ ।
कर्कटः
अन्योलता सृजना हुन सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । समयलाई चिन्न सकिएन भने पछि परिनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पढाई लेखाईमा प्रगति होला ।
सिंहः
सपनाहरु सपनामा नै सिमित हुने देखिन्छ । कुनै पनि काम सफल गर्न धेरै मेहनत गर्नु पर्ला । काममा विभिन्न खालका समस्या आउने छन् । व्यापार व्यवसायमा आएको मन्दि कायम रहने देखिन्छ ।
कन्याः
काममा ढिला सुस्ति नगर्नु होला । समयमा काम गर्नु भयो भने उचित प्रतिफल पाईने छ नत्र गुम्नेछ । व्यापार व्यवसायबाट आय आर्जन हुने नै छ । कुनै पनि निर्णय लिदा एकपटक सोचेर मात्रै लिनु होला ।
तुलाः
विस्तारै कार्य क्षमता बढ्ने छ । रोकिएका काम पनि गति लिनेछ । भाई बन्धुबाट सामान्य सहयोग पाईनेछ । घरको बातावरण भने त्यति अनुकुल नरहन सक्छ । घर बाहिर बसेर काम गर्दा सजिलो हुनेछ ।
वृश्चिकः
गरेका काम सामान्यतया बन्ने छन् । विलासिता बढ्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । अहार विहारमा ध्यान दिएन भने स्वास्थ्य विग्रिनेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुने छ ।
धनुः
समय प्रतिकुल नै देखिन्छ तर सुधारका संकेत भने देखिने छन् । काममा लाग्दा सोच विचार लाग्नु होला । व्यापार व्यवसयाबाट उचित प्रतिफल लिन सकिने छैन । अनावस्यक काममा चासो नलिनु होला दोष पाईने छ ।
मकरः
व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । घर परिवारबाट सहयोग सहानुभूति पाईनेछ । काममा भने ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । मनमा अनावस्यक कुरा पनि नखेलाउनु होला ।
कुम्भः
दिन आज पनि अनुकुल नै देखिन्छ । आकस्मिक आम्दानीको योग बनिरहेकोछ । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । व्यापार व्यवसायमा सुधार आउने छ । विरोधीहरु शरणमा आउने छन् । स्फूर्ति बढ्ने छ ।
मिनः
समयमा क्रमिक सुधार आउने देखिन्छ । योजना बनाएर अगाडि बढ्नु होला तव मात्र सफल भईनेछ । बाहिरी काममा मात्रै चासो दिएर आफ्नो कल्याण हुने छैन । पढाई लेखाईमा ध्यान जाने नै छ ।
प्रतिक्रिया