Logo

राजनीति

पार्टीबाट टाढिएका साथीहरूलाई कांग्रेसमै फर्काउनुपर्छ: सभापति थापा



पोखरा ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई पुनः कांग्रेसमा फर्काउनुपर्ने बताएका छन्।

पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले सोमबार पोखरामा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रका असन्तुष्टिलाई सम्बोधन गरेर सबैलाई समेट्नुपर्नेमा जोड दिएका हुन्।

कांग्रेस ठूला नेताहरूको मात्र नभई गाउँ–गाउँमा खटिएर संगठन निर्माणमा योगदान पुर्‍याउने निष्ठावान् कार्यकर्ताको समेत पार्टी भएको उनले बताए। पार्टीप्रति असन्तुष्ट भएर टाढिएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा ल्याउँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

शोकसभामा दिवंगत नेता गुरुङले पार्टी संगठन र समाजका लागि पुर्‍याएको योगदानको स्मरण गरिएको थियो। कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार २०:५५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।