Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडकाे कारोबार



काठमाडौं । आज पनि सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.१२ अंकले बढेर २,५९९ को विन्दुमा कायम भएको छ ।

आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ७३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर कारोबार भएको छ । यसको ३६ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १२.४४ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलवार १५:१५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।