अर्घाखाँची। सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२र८३ मा सिमेन्ट उद्योगबाट ३० लाख १८ हजार रुपैयाँ स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टीबापत एक करोड १७ लाख ६५ हजार १६० रुपैयाँ आम्दानी गरेको जनाएको छ।
नगरपालिकाका अनुसार यी दुवै रकम फरक–फरक शीर्षकमा प्राप्त भएका हुन्। सिमेन्ट उद्योगबाट प्राप्त स्थानीय विकास शुल्क र खानी तथा खनिजसम्बन्धी रोयल्टीलाई एउटै शीर्षकको आम्दानीका रूपमा बुझ्न नहुने नगरपालिकाले स्पष्ट पारेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार भूगर्भ सिमेन्ट उद्योगबाट स्थानीय विकास शुल्कबापत ३० लाख १८ हजार रुपैयाँ प्राप्त भएको हो।
नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेखित उक्त रकम उद्योगबाट स्थानीय विकास शुल्कका रूपमा प्राप्त वास्तविक आम्दानी भएको विज्ञप्तिमा जनाइएको छ।
त्यस्तै, सोही आर्थिक वर्षमा खानी तथा खनिजसम्बन्धी रोयल्टीबापत नगरपालिकाले एक करोड १७ लाख ६५ हजार १६० रुपैयाँ प्राप्त गरेको जनाएको छ।
नगरपालिकाको आम्दानी विवरणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न जिज्ञासा र टिप्पणी हुन थालेपछि नगरपालिकाले विज्ञप्ति जारी गर्दै आधिकारिक धारणा सार्वजनिक गरेको हो।
नगरपालिकाले स्थानीय विकास शुल्क र खानी रोयल्टी फरक–फरक आम्दानी शीर्षक भएकाले दुवैको विवरण छुट्टाछुट्टै बुझ्न आग्रह गरेको छ।




















प्रतिक्रिया