Logo

पत्रपत्रिका

ओली सरकारको जनतालाई यस्तो राहत : काठे पुल तर्न कर, साइकललाई ५ मोटरसाइकललाई २०



दोदा नदीमा बनाइएको काठे पुल तर्न साइकलले ५ र मोटरसाइकलले २० रुपैयाँ तिर्नुपर्छ । उक्त काठेपुल स्थानीय इटाहा बाबा मन्दिर सहयोग समितिले राखेको हो । नदी तरेको रसिद काटिरहेका रघुवीर रानाले समितिले नदीमा काठेपुल बनाइदिएको र सेवावापत पैसा लिने गरेको बताए ।

पुल नहुँदा त्यहाँका स्थानीयले आवातजावतमा समस्या भोग्दै आएका थिए । बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थायीले सुनाए ।यो समाचार आजको कारोबार दैनिकमा महादेव अवस्थीले लेखेका छन् ।

मामाघर जाँदै गरेकी उमिएला रानाले दोदा नदीको डरले आफूहरु कहिले काँही मात्रै हिउँदमा मामाघर जाने गरेको बताइन् ।रानाले हिँउनदमा काठेपुलको सहारा भएपनि बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्न बाध्य हुने बताए ।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  ३ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।