Logo

समाचार

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला



दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघरमा दुई बालिका मृत फेला परेका छन्। १३ र १४ वर्षीया उनीहरू घरनजिकैको जंगलमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार नाताले दिदीबहिनी पर्ने दुवै बालिका बिहीबार राति एउटै घरमा सुतेका थिए। राति घरबाट निस्किएका उनीहरू शुक्रबार बिहान घरभन्दा केही टाढाको जंगलमा मृत अवस्थामा भेटिएका हुन्।

घटनाबारे जानकारी पाएपछि प्रहरीले घटनास्थलमा टोली खटाएको छ। घटनाको कारण खुल्न नसकेको र यसबारे विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायले जानकारी दिए।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार २१:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।