Logo

साहित्य

पर्यटनमन्त्री रबीन्द्र अधिकारीको नाममा लेखिएको मन रुने कविता



हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको अकालमै ज्यान गुमाएको घटनाले सिंगो देश स्तब्ध भएको छ ।

देशका आशा लाग्दा नेताका रुपमा रहेका युवा नेता अधिकारीको शोकमा देश नै स्तब्ध भएका बेला उनकी धर्मपत्नी विद्या भट्टराईको नाममा मन रुने कविता सार्वजनिक भएको छ । प्रेम विवाह गरेका अधिकारीकी धर्मपत्नी विद्या भट्टराई अखिलकी पूर्वविद्यार्थी नेतृ हुन् ।

उनी अहिले आरआर क्याम्पसमा प्राध्यापन गर्दै आएकी छिन् । अधिकारी दम्पत्तीका १८ र १० बर्षका दुई छोरा छन् ।

पढनुस् रबीन्द्रलाई गुमाएको शोकमा रहेकी विद्यालाई सम्झिदै लेखिएको मन रुने कविता :

आकाश कालो, दिनै धुम्म
आज फागुन पन्ध्र,
बीच बाटोमै मलाई छोडी
गयौ किन रबीन्द्र !

पूजा सार्दम ठीक पार्दे’र
बिदा गरेँ आजै,
पाथीभरा देवीको टीका
निधारमा छ ताजै ।

मन्त्री भई एक वर्ष भो
घर समेत व्यस्त,
मुटु मेरो नौ चिरा भो
हेलिकप्टर खस्ता ।

विराज रुन्छ, स्वराज रुन्छ
बाबा मेरो खोई भनी
हाँस्तै ग’का सातै जना
फर्किएनन् कोही पनि ।

नराम्रोमा नाम मुछ्या
मेटाउँछु भनी भन्थ्यौ,
केही सालमै पर्यटनलाई
चुल्याउँछु पनि भन्यौ ।

कलंकलाई पखाल्ने आशा
आज सेलाइगयो,
पोखराको बल्दो दीप
४९ मै बिलाइयो ।

पाथीभरा माईलाई हेर्दै,
अन्तिम फोन ग¥यौ तिम्ले,
बेलुकीसम्म आउँछु भन्थ्यौ
भरोसा नै ह¥यौ तिम्ले ।

बादल कालो मडारिएको
गडबड थियो साह्रै मौसम,
आधा जिन्दगीमा लुट्यो
दैवले प्यारो खसम ।

अवलोकन गर्न ग’को
विमानस्थल बनाउनलाई,
गौतम बुद्ध एअरपोर्ट के भो
रहेनौ नि सुनाउनलाई ।

ईन्द्र–लक्ष्मी कोखबाट
जन्मिएका २६ सालमा,
देशको सेवा गर्दा गर्दै
बिदा लियौ अकालमा ।

योजनाका द्रष्टा थियौ
सदैब सदाचारी,
इतिहासमा सीमित रह्यौ
रबीन्द्र अधिकारी ।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  ५ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।