Logo

विविध

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६५२ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६०, सिसिटिभिमार्फत ३२, रातोबत्तीमा ३२ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ९७, हर्न निषेधमा ७, लेन क्रसमा ११, अवस्था ठिक नभइको ७, एकतर्फीमा ११ र अन्यमा ३६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार ०७:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।