बझाङ । बझाङको सदरमुकाम चैनपुरमा लाग्ने प्रसिद्ध सिलदेवी मेला सोमबार औपचारिक कार्यक्रमसहित सुरु भएको छ ।
मेलाको अवसरमा स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत नाचगान प्रस्तुत गरिएको छ ।
मेलामा परम्परागत ढाँकी नाच, लोकनृत्य, मागल लगायतका विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो ।
मेलाको उद्घाटन बझाङका प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले गरेका थिए ।




















प्रतिक्रिया