Logo

अर्थ

हुम्लामा चार करोड खसीको व्यापार!



हुम्ला । हुम्लामा रु चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामाजिक तथा धार्मिक मान्याताका कारण यसको व्यापार वृद्धि भएको हो ।

बझाङको साइपालबाट चार सय खसीबोका ल्याएका व्यापारी मानबहादुर पार्कीले झण्डै रु एक करोडको व्यापार भएको बताए । २५ प्रतिशत व्यापार उधारोमा गएको भएपनि दसैंमा खसीको व्यापार हालसम्मकै धेरै भएको उनको भनाइ छ ।

सुदुरपश्चिमका लिपुलेख, दार्चुला, अपी हिमाल क्षेत्रबाट खसी ल्याएर दसैंमा बिक्री गरेको उनले बताए । यसैगरी, साढे तीन सय खसी बिक्री गर्नुभएका खसी व्यापारी पाल्दन सुनारले यो वर्ष दसैंमा हालसम्मकै धेरै व्यापार भएको जानकारी दिए । रु २० हजारदेखि ३५ हजारसम्मका खसीहरु स्थानीयले दसैंका लागि किनेर वलि चढाउने कार्य गरेको सुनारको भनाइ छ ।

चीनले हिल्सा नाकाबाट च्याङ्ग्रा आयात गर्न नदिएका कारण स्थानीय खसीहरु बढी बिक्री भएको पाइएको छ । रु ३४ हजारको खसी दसैंमा वलि चढाउनुभएका स्थानीय जयबहादुर शाहीले मुल्य बढेपछि खसीको व्यापार नघटेको बताए । यो वर्ष विगतभन्दा खसीको व्यापार कम हुने अपेक्षा गरिएको भएपनि झनै बढेको बताउदै दसैंको महत्व पनि खसीको व्यापारले झल्काएको बताए ।

हुम्ला जिल्लामा मात्र नभएर यस पटक हुम्लाका चार ट्रक खसीबोका पहिलो पटक व्यापारीले पोखरासमेत लग्नुभएको थियो । दसैंमा खसीको व्यापार वृद्धि भएको उद्योग वाणिज्य सङ्घले पनि जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार ०९:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।