Logo

विविध

आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल



मेषः– अविश्वासको वातावरण हट्नेछ । मानसिक तनावमा कमी आउनेछ । आफ्ना काम भन्दा भलाईका काम बढि हुनेछन् । फलदायी यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । उधारो काम नगर्नु होला ।

वृषः– काममा आफुले सोचे जस्तो प्रगति नहुनसक्छ । आफ्नो धन अरुको लागि खर्च हुनेछ । कार्य शिथिलता बढ्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन नास हुनेछ । स्वास्थ्य कमजोर बन्न सक्छ ।

मिथुनः– नयाँ कामले प्राथमिकता पाउनेछ । व्यापार व्यवसायमा उन्नति प्रगतिको सम्भावना देखिन्छ । दाम्पत्य जीवनमा खुशि छाउनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । अरुको धेरै भर नपर्नु होला ।

कर्कटः–मनमा भय त्रास उत्पन्न हुनेछ । सामान्य खटाईबाट काम बन्ने छैनन । विरोधीको सामना गर्नु पर्ला । परिश्रमको अन्तिम परिणम सुखद रहनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ ।

सिंहः–अलमलमा नपरि योजना बनाएर अगाडि बढ्नु होला । पठन पाठनमा थोरै ध्यान जानेछ । आफन्तको सामान्य सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुने देखिन्छ । जोखिम पूर्ण यात्रा नगर्नु होला ।

कन्याः– पारिवारिक जमघट बढ्नेछ । उपभोग्य समान खरीद गर्नु पर्ने अवस्था आउन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । व्यापार व्यवसायमा सामान्य प्रगति होला । काम गरेर जश भने कम मिल्नेछ ।

तुलाः– सहास,धैर्यता र पराक्रम बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुनेछन् । आर्थिक क्षेत्रमा उन्नति प्रगति राम्रै हुनेछ । भाग्यमा भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । सहयोग मिल्नेछ ।

वृश्चिकः– लगनशिल भई गरेरमा धेरै क्षेत्रमा सफलता मिल्नेछ । उच्च मनोबलका साथ काम गर्नु होला । कारोवार गर्दा सतर्क भने हुनै पर्ने देखिन्छ । नोकरी तथा राजनीतिबाट लाभ लिन सकिनेछ ।

धनुः–शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । गरेका काम सहज र सरल तरिकाबाट सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । धन लगानी गर्दा भने विचार पु¥याउनु होला ।

मकरः– फजुल खर्च बढ्न सक्छ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । काम गरेर जश भन्दा अयश बढि मिल्नेछ । यात्रा गर्दा सतर्क रहनु होला । चोटपटकको भय देखिन्छ । मिथ्या आरोप लाग्न सक्छ ।

कुम्भः– स्वास्थ्य अनुकुल रहला । स्वतन्त्र व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । पारिवारिक सुख कम मिल्नेछ । विना सोच विचार काममा हात नहाल्नु अप्ठ्यारो पर्न सक्छ । शत्रुका कारण लाभान्वित हुनुहुनेछ ।

मिनः– बाधा अवरोधहरु हट्ने छन् । सहज तरिकाबाट काममा तपाईले सोचे भन्दा राम्रो प्रगति हुनेछ । काम गर्दा सामाजिक प्रतिष्ठा बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । ठुलो व्यक्तिसँग सामिप्यता बढ्नेछ । आय आर्जन बढ्नेछ ।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  ६ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।