Logo

खेलकुद

एनपीएल : कर्णालीद्वारा जनकपुरलाई १३३ रनको लक्ष्य



काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३२  रन बनायो । जसमा अरिफुल स्लामले ४३ र पवन सराफले ३७ रन जोडे ।

जनकपुरका लागि कप्तान हर्मित सिंहले ३,राहुल यादव र मोइल अलीले २/२ विकेट लिए । आजै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्‌सलाई ८ रन हरायो ।

कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार १९:२६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।