Logo

अन्तर्राष्ट्रिय

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द



काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवाती आँधी ‘अर्नब’को अप्रत्यक्ष प्रभावका कारण भारी वर्षा भएपछि श्रीलङ्काले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

शिक्षा मन्त्रालयले मौसमको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै विद्यार्थी तथा विद्यालयका कर्मचारीको सुरक्षाका लागि मंगलबार विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ।

यद्यपि, सामान्य शिक्षा प्रमाणपत्र ९साधारण स्तर० परीक्षाअन्तर्गत सौन्दर्यसम्बन्धी विषयका प्रयोगात्मक परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ।

आँधीको अप्रत्यक्ष प्रभावका कारण श्रीलङ्काका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा भइरहेको छ। वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि विभिन्न क्षेत्रमा सतर्कता अपनाउन चेतावनीसमेत जारी गरिएको छ।

 

 

 

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार २०:२७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।