Logo

एसियन लाइफको सीईओ बन्ने चर्चाकै बिच खड्काको द्वैध प्रतिक्रिया: भने ‘समाचारले क्रेडिबिलिटी बढायो’



काठमाडौँ। आईएमइ लाईफ इन्स्योरेन्स छोडेर एसियन लाइफ इन्स्योरेन्सको सिइओ बन्दै भनी सार्वजनिक भएको समाचारमा सिईओ पवनकुमार खड्काले ढुलमुले प्रतिक्रिया दिएका छन्। अनलाईनपाना डटकममा प्रकाशित समाचारका बारेमा प्रतिक्रिया जनाउँदै उनले सो समाचार हल्ला मात्र भएको दाबी गर्दै उनल्व प्रकाशित समाचारले आफ्नै क्रेडिबिलिटी बढाएको समेत बताएका छ्न्। अनलाईनपानामा समाचार प्रकासित हुनेबित्तिकै हतार हतार आफ्नो धारणा सार्वजनिक गर्दै फेसबुक स्टाटस लेख्न भ्याएका उनले सो समाचार भ्रामक भन्न भ्याए। तर, खड्काले टेलीफोन सम्पर्क गरि उक्त स्टाटस agency र bm ले business होल्ड गर्छ्न् त्यही भएर लेखेको बताए। उनले भने – “अन्यथा नलिनुस् तपाईंको समाचारले मेरै क्रेडिबिलिटी बढाएको छ। संस्थाको ब्यापार नरोकियोस् भनेर staTus लेख्न बाध्य भए।” समाचार प्रकाशित भएपछि अभिकर्ता अर्थात् एजेन्सी र बिजनेस म्यानेजर (बीएम) हरूले व्यवसाय होल्ड गर्न सक्ने अवस्था आउन सक्ने जोखिम भएकाले आफूले तत्काल स्पष्टीकरण दिनुपरेको उनको भनाई छ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार १२:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।