काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी तीव्र पार्दै १० जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।
समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयका अनुसार सङ्खुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी र रोल्पामा जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनबाट सङ्खुवासभामा रामकुमार जिमी, डोल्पामा देउप्रसाद बुढा, हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, रुकुम पश्चिममा नन्दबहादुर विष्ट र कालिकोटमा नगेन्द्र विष्ट जिल्ला सभापति चयन भएका छन् ।
त्यस्तै, डोटीमा बाजिसिंह खड्का (विजय), बैतडीमा वीरबहादुर विष्ट र रोल्पामा मानबहादुर खत्री सभापति चुनिएका छन् ।
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । नेता एनपी साउदका अनुसार कात्तिक ३० गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यसूची छ ।




















प्रतिक्रिया