Logo

राजनीति

मंसिर २१ मा देउवा समूहको अधिवेशन, उद्घाटन देउवाबाटै



काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले काठमाडौं जिल्ला अधिवेशनका लागि मंसिर २१ गतेको मिति तय गरेको छ । पार्टीभित्र समानान्तर महाधिवेशनको तयारीमा रहेको समूहले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा अधिवेशन गर्न लागेको हो ।

नेता दिनेशविक्रम शाहका अनुसार शनिबार हुने अधिवेशनको उद्घाटन निवर्तमान सभापति देउवाले गर्नेछन् ।

अधिवेशनको तयारीलाई व्यवस्थित बनाउन जिल्ला संयोजक जयकृष्ण महर्जनले विभिन्न उपसमितिको जिम्मेवारीसमेत बाँडेका छन् । उनका अनुसार प्रचार संयोजकमा शम्भुप्रसाद अधिकारी, मञ्च तथा अधिवेशन व्यवस्थापनमा टेवेन्द्ररत्न शाक्य र युवा परिचालनमा दिनेशविक्रम शाहलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार १७:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।