Logo

अन्तर्राष्ट्रिय

पाकिस्तानले दियो भारतलाई झट्का, मोदीलाई तनाब



पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय वायु सेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानलाई शुक्रबार रिहा गर्ने बताएको छ ।बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक ‘टु स्टेटम्यान’ को भूमिका निर्वाह गर्दै क्षेत्रीय शान्ति कायम गर्नका लागि भारतीय वायु सेनाका पाइलटलाई शुक्रबार रिहा गर्ने घोषणा गरेका हुन् ।

पाकिस्तानको यो घोषणाले विश्वभरि इमरान खानको प्रशंसा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना भएको छ । मोदीलाई यो घटनाले पानीपानी बनाएको छ ।अभिनन्दन भारतीय वायु सेनाका विङ्ग कमाण्डर हुन् ।

बुधबार उनी लडाकु विमान मिग–२१ लिएर पाकिस्तानी सीमामा छिरेका थिए । उनले उडाएको विमानलाई पाकिस्तानी वायु सेनाले खसालेर उनलाई कब्जामा लिएको थियो ।पाकिस्तानी सेनाले अभिनन्दन आफूहरुसँगै भएको ठिक अवस्थामा रहेको बताएको छ ।

एउटा भिडियोमा अभिनन्दनले भनेका छन्, ‘मेरो नाम अभिनन्दन हो । म विङ्ग कमाण्डर हूँ । मेरो सभिर्स नम्बर २७९८१ हो । म एक फ्लाइङ पाइलट हूँ ।’त्यस्तै अर्को एउटा भिडियोमा अभिनन्दनले चिया पिइरहेका देखिन्छन् । उनीसँग कसैले प्रश्न गरिरहेका हुन्छन् भने उनले सरासर त्यसको जवाफ दिइरहेका हुन्छन् ।

त्यस भिडियोमा अभिनन्दनले आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताउँदै भारत फर्केर पनि त्यही भन्ने बताएका छन् ।अभिनन्दनका बुवा पनि भारतीय वायु सेनामा थिए । उनका भाइ पनि वायु सेनामा नै रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार  ५ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।