Logo

खेलकुद

पोखरालाई पाखा लगाउँदै सुदूरपश्चिमले खोल्यो जितको खाता



 

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै सुदूरपश्चिमले जितको खाता खोलेको हो।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

यस जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा २ अंक जोडेको छ। जारी एनपीएलमा सुदूरपश्चिमको यो दोस्रो खेल हो। यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो।

 

 

 

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार २१:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।