Logo

अन्तर्राष्ट्रिय

स्पेनमा तीव्र गतिको रेल दुर्घटना, ६८ जनाको मृत्यु, ठूलो संख्यामा घाइते



काठमाडौं। स्पेनको मध्यभागमा बुधबार बिहान भएको तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। ठूलो संख्यामा यात्रु घाइते भएका छन्।

राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्रयाकमा रोकिएको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो। ठक्करका कारण रेलका धेरै डिब्बा लिकबाट तल पुगेका थिए।

यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको कारण हुन सक्ने बताइएको छ।

उक्त दुर्घटनालाई युरोपको आधुनिक इतिहासकै गम्भीर रेल दुर्घटनामध्ये एक तथा १३ वर्षयताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटनाका रूपमा वर्णन गरिएको छ।

उद्धार गरिएका यात्रुले ठक्करका क्रममा मानिस हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कन झ्याल फुटाउनुपरेको बताएका छन्।

मड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा मोरा र ओर्गाज नगरपालिकाबीचको क्षेत्रमा स्थानीय समयअनुसार बिहान ९ बजेपछि दुर्घटना भएको थियो।–एजेन्सी

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहीबार ०७:५२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।