Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीले भने -‘वाइडबडी विमान खरिद प्रकरणमा रवीन्द्र अधिकारीको कुनै संलग्नता छैन’



दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको वाइडबडी विमान खरिद प्रकरणमा कुनै पनि संलग्नता नरहेको  प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले केही तत्वले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर मानमर्दन गर्न खोजेको भन्दै आपत्ति पनि जनाए । शुक्रबार मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्न बसेको पार्टी संसदीय दलको बैठकमा उनले मन्त्री अधिकारी कुनै पनि लोभलालचमा पर्ने खालको  नभएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर लाञ्छना लगाउने, काममर्दन गर्ने काम गरिए पनि त्यो सत्य नभएको बताए । प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीले नेपालको नागरिक उडड्यनको क्षेत्रमा असाधारण काम गरेको पनि स्मरण गराए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार १२:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।