काठमाडौं । पत्रकार पक्राउ परेपछि रिहा हुनु मात्रै पर्याप्त नभएको भन्दै रवीन्द्र मिश्रले पछिल्लो समय राज्यका विभिन्न निकाय र व्यक्तिमाथि भइरहेका गतिविधिप्रति गम्भीर प्रश्न उठाएका छन्।
मिश्रले समाचार कक्षबाट बिना पक्राउ पुर्जी पत्रकार पक्राउ, मध्यरातमा पूर्वप्रधानन्यायाधीश पक्राउ, व्यापारीको घरमा खानतलासी तथा दिनदहाडै व्यापारी पक्राउजस्ता घटनालाई चिन्ताजनक रूपमा व्याख्या गरेका छन्।
उनले विभिन्न सञ्चारगृह र राजनीतिक नेताका घरअगाडि शंकास्पद रूपमा गाडी पार्क गरिनु तथा अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमै दबाबमा पार्ने प्रयास भएको दाबीसहित सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
सत्ताधारीहरूले संसद्को तल्लो सदनबाहेक राष्ट्रिय सभा, स्थानीय तह, कर्मचारीतन्त्र, न्यायालय र प्रहरी पुरानै संरचनाको नियन्त्रणमा रहेको बताउने गरेको प्रसंग उल्लेख गर्दै मिश्रले त्यसलाई सत्तामाथि पूर्ण नियन्त्रण कायम नभएको संकेतका रूपमा अर्थ्याएका छन्।
उनले पछिल्ला गतिविधिलाई सत्ताकब्जाका संकेतका रूपमा चित्रण गर्दै यस्तो प्रवृत्तिले अन्ततः अहिले समर्थन गर्नेहरूलाई समेत प्रभावित पार्न सक्ने चेतावनी दिएका छन्।
‘सत्ताकब्जा हुनु भनेको आज ताली पिट्नेहरू पनि रूने दिन आउनु हो,’ मिश्रले आफ्नो टिप्पणीमा भनेका छन्।



















प्रतिक्रिया