Logo

अर्थ

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड, नबिल सबैभन्दा अगाडि



काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन् । २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस्तो अवस्था देखिएको हो ।

यस अवधिमा १० वटा वाणिज्य बैंकहरूले १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएका छन् ।

सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले १ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ नाफासहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको एभरेस्ट बैंकले १ अर्ब २५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यस्तै, एनएमबी बैंकले १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । कुमारी बैंकले पनि १ अर्ब सात करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सानिमा बैंकले १ अर्ब पाँच करोड १४ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड १५ लाख रुपैयाँ र नेपाल बैंकले ८३ करोड २१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड १४ लाख रुपैयाँ, हिमालयन बैंकले ६५ करोड ४८ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख रुपैयाँ र प्रभु बैंकले ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

नेपाल एसबीआई बैंकले ५५ करोड २२ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख रुपैयाँ नाफा कमाएका छन् । एनआईसी एसिया बैंकको खुद नाफा १२ करोड ७४ लाख रुपैयाँ रहेको छ भने कृषि विकास बैंकले १० करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यसैगरी, सिटिजन्स बैंक घाटाबाट नाफामा फर्किएको छ । बैंकले १० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

समग्रमा अधिकांश बैंकको नाफा बढे पनि प्राइम कमर्सियल बैंकसहित केही बैंकको नाफा घटेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आईतवार ११:४८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।