काठमाडौं । कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसलको उपाधि नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले जितेको छ । शनिबार काठमाडौँमा भएको खेलको उपाधि नाफिजले उचालेको हो ।
लिगका आधारमा खेलाइएको खेलमा नाफिजले ४ अंकसहित उपाधि जितेको हो । नाफिज अपराजित रुपमा उपाधि जितेको हो । पहिलो खेलमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई पराजित गरेको नाफिजले दोस्रो खेलमा इकोनोमिक मिडिया एसोसिएसन (इमान)सँग बराबरी खेल्यो ।
लिगका आधारमा खेलाइएको खेलमा नाफिजले ४ अंकसहित उपाधि जितेको हो ।
पहिलो खेलमा नाफिजले सेजनलाई १–० ले पराजित गरेको हो । खेलमा नाफिजका सुदर्शन श्रेष्ठले गरेको एक मात्रै गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गणेश श्रेष्ठको पासमा सुदर्शनले उत्कृष्ट गोल गरेका थिए । जुन गोल नाफिजलाई उपाधि जिताउन नै प्रयाप्त भयो ।
दोस्रो खेलमा इमानसँग गोलरहित बराबरी खेल्दै नाफिज अपराजित रहन पुग्यो । सेजनले इमानलाई १–० ले नै पराजित गरे पछि नाफिजले उपाधि जित्न सफल भयो । इमानलाई हराएको सेजन दोस्रो भयो । इमानले तेस्रो स्थान हासिल गरेको छ ।
विजेता टिमलाई ट्रफी र मेडल प्रदान गरियो भने अन्य दुई टिमले पनि मेडल प्राप्त गरे ।




















प्रतिक्रिया