Logo

प्रमुख समाचार

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म



काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन हुने भएको छ।

सरकारले सार्वजनिक गरेको नयाँ समयतालिकाअनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन्। यसअघि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्दै आएका थिए।

गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै जाडोयामका लागि नयाँ कार्यालय समय निर्धारण गरेको हो। उक्त समयतालिका कात्तिक १६ गतेदेखि लागू भई आगामी माघ १५ गतेसम्म कायम रहनेछ।

मन्त्रालयका अनुसार शैक्षिक संस्था तथा सार्वजनिक निकायबाहेकका अन्य सरकारी कार्यालयहरूमा नयाँ समयतालिका लागू हुनेछ।

नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले अब सरकारी कार्यालयबाट बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा लिन सक्नेछन्।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आईतवार १३:४२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।