Logo

विविध

तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल



मेषः– सहज रुपमा काम गर्न पाईने छैन । तनावमा काम नगर्नु होला । अरुको कुरा नसुन्नु होला मन दुख्नेछ । तिर्थ यात्राको सम्भावना देखिन्छ । समस्या समाधान हुन समय लाग्नेछ । अपरान्हबाट समयले साथ दिनेछ ।

 

वृषः– समस्या समाधान गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झन्झटमा परिनेछ । कामबाट उचित लाभ लिन सकिने छैन । व्यापार मन्दि लाग्नेछ । मध्यान्ह पछि तनावमा कमि आउनेछ ।

 

मिथुनः– समयमा काम गर्नु पर्ने देखिन्छ,ढिला गरेमा उपलब्धि कम हात लाग्नेछ । अपरान्हबाट समयले साथ दिने छैन । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । अन्तिम चरमा पुगेका काम पनि रोकिने छन् ।

 

कर्कटः– ऋणबाट पूर्ण मुक्ति मिल्ने छैन । आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । काममा हेलचक्र्याई नगर्नु होला । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

 

सिंहः– निणर्य क्षमता कमजोर बन्न सक्छ । समस्याबाट टाढा बस्न पाईने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । पढाई लेखाई वीचमा रोकिने देखिन्छ । विरोधीहरु सक्रिय हुनेछन् ।

 

कन्याः– समयले सोचे जस्तो साथ दिने छैन । सचेत भएर काम गर्नु होला । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । गलत विचार बढ्नेछ । गलत निर्णय हुन सक्छ । खर्चालु काम बढि हुनेछन् । व्यापार घट्नेछ ।

 

तुलाः– व्यवसायिक क्षेत्रबाट अर्थोपार्जन हुने देखिन्छ । समयमा कार्य सम्पादन गर्ने कोशिस गर्नु होला ढिला सुस्ति गर्दा उपलब्धि कम हात लाग्नेछ । पठन पाठन कार्यमा अभिरुची बढ्नेछ । साँझपख पारिवारिक समस्या बढ्न् छन् ।

 

वृश्चिकः– इच्छा आकाँक्षा बढि हुनेछन् त्यसलाई परिपूर्ति गर्न लगनशिलता बढाउनु पर्नेछ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । इष्टमित्र साथी भाईका कारण धन खर्च हुनेछ । मध्यान्ह पछि समयले साथ दिनेछ ।

 

धनुः– दिन सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । कुटनैतिक विधि अप्नाएर काम गर्नु होला । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । मध्यान्ह पछि संचित धनमा ह्रास आउनेछ ।

 

मकरः– मध्यान्ह सम्म समय प्रतिकुल नै देखिन्छ । व्यवसायमा अवनति हुनेछ । काम काजमा अवरोध आउनेछ । आर्थिक क्षेत्रमा समस्या आउन सक्छ । आलोचना बढ्नेछ । अपरान्हबाट भने समय अनुकुल हुनेछ ।

 

कुम्भः–समयले विस्तारै कम साथ दिनेछ । समयमा कार्य सम्पादन गर्न तिर जोड दिनु होला । प्रातःकालमा व्यापारबाट थोरै अम्दानी हुनेछ । अपरान्हबाट अनावस्यक खर्च बढ्नेछ । काममा बाधा अवरोध आउनेछ ।

 

मिनः– काम गर्ने उत्साहा बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । गएका ठाँउमा स्वागत सत्कार मिल्नेछ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७५ शुक्रबार  ५ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।