काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सञ्चालक समिति निर्वाचनसहित विभिन्न प्रस्ताव पारित गर्ने उद्देश्यले विशेष साधारणसभा बोलाएको छ। कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर ३ गते बुधबार विशेष साधारणसभा गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार सभा विराटनगरस्थित होटल एअरपोर्टमा दिउँसो १ बजे बस्नेछ। सभामा संस्थापक समूहका शेयरधनीको प्रतिनिधित्व गर्दै चार जना र सर्वसाधारण शेयरधनीका तर्फबाट एक जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव पेस हुनेछ। त्यसैगरी, सभामा अन्य विभिन्न प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गरिने कम्पनीले जनाएको छ।
विशेष साधारणसभामा सहभागी हुन कम्पनीले मंसिर २७ गते एक दिनका लागि शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने जनाएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंसिर २० गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीले सभामा सहभागी भई मतदान गर्न पाउनेछन्।
सभामा सहभागी हुने शेयरधनीले आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र वा शेयरधनी प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने कम्पनीले जनाएको छ।





















प्रतिक्रिया