Logo

अर्थ

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाको कात्तिक १५ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । केन्द्रीय बैंकबाट स्वीकृत भएर आएपछि वित्तीय विवरण अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार १३:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।