Logo

अर्थ

सेयर बजारमा ३२ अंकको गिरावट, ७ अर्ब १८ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ३२.६५ अंकले घटेर २,६५७ को विन्दुमा कायम भएको छ ।

आज २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको मूल्य घटेको छ ।

आज ७ अर्ब १८ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १३.५८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ४.८६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

 

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार १५:११   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।