Logo

प्रमुख समाचार

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता



काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।

उनले आफूले नाम फिर्ता लिनेबारे समितिलाई जानकारी गराएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।

‘उजुरीबारे आज बैठक बस्ने भएपछि हामीले उहाँलाई यहाँ बोलाएका थियौँ । र,  केही कुरा पनि गर्‍यौँ’, उनले भने, ‘त्यसक्रममा उहाँले देशको कुरा हो कन्फिल्क्टि अफ इन्ट्रेस्ट हो भने म नाम फिर्ता लिन्छु भन्नुभयो । तर लिखित आउन बाँकी छ केहीबेरमा आउँछ ।’

यसअघि असोज २८ गते भएको सुनुवाइमा प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमति पत्र रहेको भन्दै समिति सदस्य सांसदहरूले प्रश्न उठाएपछि रोकिएको थियो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिए पनि सांसदहरूले संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिको विषयमा प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार १६:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।