Logo

राजनीति

अर्थमन्त्री डा.वाग्ले र मन्त्री चौधरीबीच भेट, कोप ३१ को तयारीबारे छलफल



काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच जलवायु वित्त परिचालन र आगामी जलवायु सम्मेलन कोप–३१ को तयारीबारे छलफल भएको छ।

वन मन्त्रालयका अनुसार भेटवार्तामा हरित जलवायु कोष, अनुकूलन कोष, कार्बन वित्त तथा अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्ने विषयमा कुराकानी भएको थियो।

दुई मन्त्रीबीच जलवायु अनुकूलन तथा हानि र नोक्सानीसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्राथमिकता सशक्त रूपमा प्रस्तुत गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा जलवायु वित्त परिचालनका लागि सम्बन्धित मन्त्रालयबीच आपसी समन्वय, सहकार्य र स्रोत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार १८:५५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।