Logo

खेलकुद

नेपालविरुद्ध खेल्न भारत ‘ए’को बलियो टोली घोषणा



काठमाडाैं । नेपालसँग भिड्ने तयारीमा रहेको भारत ‘ए’ टोलीको घोषणा गरिएको छ । तिलक वर्माको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय टोलीमा भारतीय क्रिकेटका चर्चित युवा तथा स्टार खेलाडीहरू समेटिएका छन् ।

भारत ‘ए’ले सन् २०२६ को एसिसी मेन्स राइजिङ स्टार्स एसिया कप खेल्न लागेको हो । प्रतियोगिता कतारको दोहामा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुनेछ ।

भारत ‘ए’को टोली तिलक वर्मा (कप्तान), अभिषेक शर्मा, वैभव सूर्यवंशी, प्रभसिमरन सिंह, रजत पाटीदार (उपकप्तान), रिंकु सिंह, कुमार कुशाग्र (विकेटकिपर), सूर्यांश शेडगे, शाहबाज अहमद, विप्रज निगम, हर्ष दुबे, तनुष कोटियन, हर्षित राणा, प्रिन्स यादव र अर्शद खान रहेका छन् ।

प्रतियोगितामा भारत ‘ए’लाई समूह ‘बी’ मा नेपाल, पाकिस्तान ‘ए’ र यूएईसँग राखिएको छ । भारत ‘ए’ले आफ्नो पहिलो खेल नोभेम्बर २० मा नेपालविरुद्ध खेल्नेछ । भारतका चर्चित युवा खेलाडीहरूले भरिएको टोलीविरुद्ध नेपालले कस्तो प्रदर्शन गर्छ भन्नेमा नेपाली क्रिकेट समर्थकको विशेष चासो रहनेछ । नेपालका लागि पनि भारतीय क्रिकेटका उदाउँदा तथा स्थापित खेलाडीविरुद्ध आफ्नो क्षमता परीक्षण गर्ने ठूलो अवसर हुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलवार १०:३८   :  बजे

321
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।