काठमाडाैं । सेयर बजार आज सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ को विन्दुमा बन्द भएको हो ।
आज १४३ वटा कम्पनीको सेयर बढेको छ भने १२२ वटाको घटेको छ । यस्तै १४ वटा कम्पनीको सेयर स्थिर रहेकाे छ ।
आज ३४९ वटा कम्पनीको १ करोड ५४ लाख २० हजार ९२० कित्ता सेयर ५ अर्ब ६५ कराेड ११ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको छ ।





















प्रतिक्रिया