नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक बनेको चिकित्सकहरूले बताएका छन्।
तीन सातादेखि राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहेका अधिकारीको स्वास्थ्य अवस्था पछिल्लो २४ घण्टादेखि खस्कँदो रहेको उपचारमा संलग्न डाक्टर हेमराज पनेरुले बताए। परिवारका सदस्यसहित शनिबार अपरान्ह अस्पतालमा पत्रकार सम्मेलन गर्दै डाक्टर पनेरुले भने, ‘अधिकारीको फोक्सो र मुटुमा समस्या छ। केही दिनदेखि स्वास्थ्य अवस्था खस्कँदो छ।’
डाक्टर पनेरुका अनुसार उपचाररत अधिकारीको महत्वपूर्ण अंगले काम गर्न छाडेको छ। ‘२४ घण्टादेखि पिसाब भएको छैन,’ उनले भने, ‘हामीले सक्दो कोशिस गरिराखेका छौं। बचाउन सक्ने संभावना न्यून देखिन्छ।’
नेता अधिकारीको स्वास्थ्य अवस्थाबारे अस्पतालले पुन: पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ। ‘उहाँ जीवित हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्थाबारे पुन: पत्रकार सम्मेलन गर्दै जानकारी दिनेछौं,’ उनले भने।
सामाजिक सञ्जालमा श्रद्धाञ्जली
यसैबीच नेता अधिकारीलाई सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यापकरुपमा आइरहेको छ । केहि अनलाईहरुले भने उनको मृत्युको अफवाह समेत समेत फैलाएका छन । सत्तारुढ नेकपकै कार्यकर्ताहरुले सामाजिक सञ्जालमा अधिकारीलाई श्रद्धाञ्जली दिन थालेपछि आलोचना भएको छ ।
सत्तारुढ नेकपाका नही नेताहरु आधिकारीक धारणा सार्वजनिक गर्दै जिउदो मान्छेको बारेमा डाक्टर उपचार गरिरहेको अवस्थामा अनावश्यक भ्रम छरेको भन्दै रुष्ट बनेका छन् । नेकपाका युवा नेताहरुले यस्तो हतारो नगर्न र नेता अधिकारीको स्वास्थ्य लाभको कामना गर्न समेत आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
यस्तै ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री समेत रहेका सत्तारुढ नेकपाकै अर्का नेता वर्षमान पुन अस्पताल भर्ना भएका छन् । अचेत भएपछि मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । नर्भिक अस्पतालका प्रेस संयोजक आरपी मैनालीका अनुसार मन्त्री पुनलाई अस्पतालको सीसीयुमा भर्ना गरिएको छ ।
नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका छन् । मन्त्री पुनको परीक्षण सुरु भएको र थप विवरण आउन बाँकी रहेको उनले बताए । मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि अस्पताल पुगेका छन् ।
यस्तै सभामुख कृष्णबहादुर महरा, वनमन्त्री शक्ति बस्नेत, कानूनीमन्त्री भानुभक्त ढकाल, पूर्वगृहमन्त्री जनार्दन शर्मालगायत नेताहरूले पनि केहीबेर अघि अस्पताल पुगेर मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।


















प्रतिक्रिया