काठमाडौं । आज पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १२.९५ अंकले घटेर २,६५२ को विन्दुमा कायम भएको छ ।
आज ५६ कम्पनीको सेयर मूल्य घटेको छ भने २११ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ७२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको १८ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कुमारी सबल योजनाका इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले २.९६ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै केबिएल डिबेञ्चर २०८६ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया