Logo

प्रमुख समाचार

प्रधानमन्त्री शाहले लिए सुरक्षा अवस्थाबारे ब्रिफिङ



काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र (बालेन)शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन्।

सो क्रममा उनले शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

यस्तै, देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन पनि प्रधानमन्त्री शाहलले निर्देशन दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहीबार १५:५३   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।