Logo

विविध

साताको राशिफल (१८-२४ फागुन २०७५, सन् २०१९ मार्च २-८)



मेष राशि –

साताका अघिल्ला तीन दिन शुभ र सफलतादायक रहलान् । यात्रा होला । धर्मकर्ममा रुचि बढ्ला । आरोग्यता बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख–शान्ति वृद्धि हुनेछ । विजयश्री प्राप्त होला । साझेदारीको काम मिल्नेछ । ख्याति फैलिनेछ । चौंथो र पाँचौँ दिन उत्तम फलदायक रहनेछन् । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको धन उठ्ला । कुनै पनि प्रकारको जोखिममा नपर्नु बेस रहनेछ । छैठौँ र सातौँ दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । धनमान वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । प्रवृत्ति बढ्ला ।

बृष राशि –

साताका प्रारम्भिक पाँच दिन उन्नति र पदोन्नतिदायक रहनेछन् । सुख–समृद्धि वृद्धि हुनेछ । आरोग्यता बढ्ला । विजयश्री प्राप्ति होला । मिठो भोजन मिल्ला । हासविलासमा आकर्षण बढ्नेछ । इष्टमित्र सन्तान सुख बढ्नेछ । सर्वाङ्गीण विकास होला । अन्तिम दुई दिन पनि लाभदायक र उन्नतिकारक रहलान् । नियमकानूनलाई उपेक्षा नगर्दा बेस रहनेछ । जोखिमपूर्ण कार्यमा नपर्नु नै उचित होला ।

मिथुन राशि –

शनिबार, आइतबार र शनिबारतिर जोखिममा नपर्नु बेस रहनेछ । अरुको भरमा बस्नु र लापर्वाही गर्नु उचित नहोला । नियम–कानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्यप्रति ध्यानमा राख्नुपर्ने छ । प्रेम पात्रसित भेटघाट हुनेछ । सुख आनन्द बढ्ला । इष्टमित्र सन्तान आदिको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । बाँकी चार दिन आरोग्यतावर्द्धक र सफलताप्रदायक सावित हुनेछ । धन यश सुख सम्पत्ति वृद्धि हुनेछ ।

कर्कट राशि –

शनिबार, आइतबार र सोमबार आरोग्यतादायक रहनेछन् । सुख आनन्द धन यश मान ऐश्वर्य बढ्नेछ । अरुमा विश्वास गर्नु तथा विवाद आदिमा लाग्नु उचित नहोला । बाँकी चार दिन आरोग्यतावर्द्धक र सफलताप्रदायक सावित हुनेछन् । धन सम्पत्ति मान महत्व सुख आनन्द पनि वृद्धि हुनेछ ।

सिंह राशि –

साताका प्रारम्भिक तीन दिन धन मान आरोग्यताप्रदायक रहनेछन् । वार्तामा सफलता प्राप्त हुनेछ । पारिवारिक कलह शान्त हुनेछ । देखापरेको समस्या समाधान हुनेछ । विकासको नयाँ अवसर आउनेछ । आशा उत्साह बढ्ला । चौंथो र पाँचौँ दिनमा विवाद आदिप्रति सचेत भई आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । अन्तिम दुई दिनमा प्रेममा सफलता मिल्नेछ । सन्तति सुख वृद्धि होला । शैक्षिक र रचनात्मक कार्य बन्नेछ तथापि जोखिमप्रति सचेत रहनुपर्नेछ ।

कन्या राशि –

साता सफलतादायक र सुखवर्द्धक रहनेछ । उन्नति–पदोन्नति हुनेछ । विकासको नयाँ अवसर पनि प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । अन्तिम दुई दिनमा विवादमा पर्नु र अरुमाथि भर पर्नु उचित हुने छैन ।

तुला राशि –

शनिबार खर्चवर्द्धक रहनेछ । लापर्वाही न गर्नु नै उचित हुनेछ । बाँकी दिन उन्नती र सफलताप्रदायक रहलान् । आर्थिक क्षमता वृद्धि हुनेछ । सुख शान्ति समृद्धि प्राप्त हुन्छ ।

वृश्चिक राशि –

शनिबार लाभ वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै विविध नयाँ सफलता हासिल हुनेछ । आइत–सोमबारतिर लगानी बढ्नुको साथै खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । महत्वपूर्ण वस्तु नहराओस् भनेर ध्यान राख्नुपर्नेछ । बाँकी चार दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्व वृद्धि होला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

धनु राशि –

शुरुका तीन दिनमा कार्यमा सफलता मिल्नुको साथै आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि पनि वृद्धि होला । रोकिएको काम बन्नुसँगै लगानी पनि उठ्नेछ । चौथो र पांचौँ दिनमा भागदौड र खर्च बढ्नेछ । हासविलास आदिमा आकर्षण बढ्नेछ । छैठौँ र सातौँ दिनमा आयस्रोत वृद्धि होला । धनसमृद्धि बढ्नेछ ।

मकर राशि –

साता शुभ र उन्नतीकारक छ । मान यश पद प्रतिष्ठा सुख सम्पति बढ्ला । कारोबारको क्षेत्रमा सफलतासँगै सुख आनन्द पनि वृद्धि हुनेछ । अन्तिम दुई दिनमा खर्चमाथि नियन्त्रण राखी योजना र बजेट बनाई काम गर्नु बेस होला ।

कुम्भ राशि –

शनिबारको दिन जोखिममा नपरी नियमकानून आदिलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ । आइत र सोमबारतिर कार्यमा सफलता मिल्नुको साथै सुख–समृद्धि बढ्नेछ । यात्रा होला । मंगलबार र बुधबार मनोकुलको काममा सफलता मिल्नेछ । मान महत्व बढ्ला । विही र शुक्रबारतिर अन्नधन बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ ।

मीन राशि –

शनिबार सुख तथा आनन्दप्रदायक रहनेछ । आइत र सोमबार जोखिममा नपर्नु राम्रो रहनेछ । मंगलबार र बुधबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । विहीबार र शुक्रबारतिर नयाँ काम बन्नुको साथै नयाँ दायित्व पनि प्राप्ति हुनेछ । मान–महत्व पनि बढ्ला । राजकीय कार्य बन्ला । उच्चाधिकारीको सहयोग मिल्नेछ ।

प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार  ११ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।