Logo

अर्थ

आशुतोष इनर्जीले पायो आईपीओ अनुमति



काठमाडाैं । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।

बोर्डले कात्तिक २० गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १२ लाख कित्ता शेयर निष्काशन गर्न विवरणपत्र प्रकाशनको अनुमति दिएको हो ।

बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले अब आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन प्रक्रिया अघि बढाउनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबी क्यापिटल लिमिटेडले पाएको  छ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार १२:१५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।