Logo

प्रमुख समाचार

निवर्तमान आईजीपी कार्कीको रिट सर्वोच्चमा दर्ता



काठमाडौं । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ ।

उनले हिजो वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिट शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् ।

मन्त्रिपरिषद्को निर्णय अनुसार डा. मनोजकुमार केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार १३:०६   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।