काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ ।
टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले जिर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए । विनोद भण्डारीले २७ रन जोडे ।
यस्तै ब्राण्डन म्याकमुलेनले २४ रन बनाउँदा इशान पाण्डेले २३ रन जोडे । कप्तान दीपेन्द्र सिंह ऐरी १० र आरिफ शेख ११ रनमा आउट भए ।
लोअर अर्डरमा थरिन्द्र रत्नायकेले अविजित २२ रन बनाए । स्कट कुगेलेइनले अविजित १३ रन बनाए ।
बलिङमा कर्णालीका लागि मार्क वाटले २ तथा नन्दन यादव, हुसेन तलत र सुर्य तामाङले १-१ विकेट लिए ।





















प्रतिक्रिया