काठमाडौं । आज तिहारअघिको अन्तिम कारोबार दिन सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक २.६४ अंकले बढेर २,६५५ को विन्दुमा कायम भएको छ ।
आज १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घोराही सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको २१ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.०८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै घोराही सिमेन्टका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया