Logo

पत्रपत्रिका

किस्ट मेडिकल कलेजमा पनि मनपरी, बढी शुल्क नतिरे हाजिरीमै रोक



ललितपुरस्थित किस्ट मेडिकल कलेजले एमबिबीएस र बीडिएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको छ । सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोकिएको छ ।

कलेजले मन्त्रिपरिषद्बाट विर्धारितभन्दा लाखौँ बढी शुल्क असुल्ने गरेको विद्यार्थीले बताएका छन् । अवैध शुल्क नदिनेलाई परिचयत्र, लगबुक, लाइबेरी कार्ड नबनाइदिने र हाजिरी गर्न नदिने गरेको उनीहरुको गुनासो छ ।

शिक्षा मन्त्रालयको निःशुल्क छात्रवृत्ति कोटामा भर्ना हुन गएका विद्यार्थीसँग समेत मनोमानी शुल्क मागिएको छ । कलेजका शैक्षिक संयोजक किशोरीसिंह बस्नेतले अतिरित्त रकम नतिर्ने विद्यार्थीलाई हाजिर नगराउने चेतावनी दिने गरेको विद्यार्थी बताउँछन् । यो समाचार सुदीप कैनीले कान्तिपुरमा लेखेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आईतवार ०२:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।