पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । अधिकारीको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो । पशुपति आर्यघाटमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर अधिकारीलाई सम्मान व्यक्त गर्नुभएको थियो ।
अधिकारीलाई एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको चितामा अन्त्यष्टि गरिएको थियो ।
अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिनुभएको थियो । त्यस्तै उहाको सम्मानमा सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।
फोक्सो र मुटुको रोगबाट पीडित अधिकारीको काठमाडौँ स्थित ह्याम्स अस्पतालमा शनिवार राति ९ बजेर ३५ मिनेटमा निधन भएको थियो ।अन्तिम श्रद्धाञ्जली दिनका लागि अधिकारीको पार्थिव शरीर आइतबार बिहान ९ देखि १२ बजेसम्म नेकपा पार्टी कार्यालय धुम्वाराहीमा राखिएको थियो ।



















प्रतिक्रिया