साताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार ४.९५ अंकले घटेर १,१००.५८ अंकमा कायम भएको छ । होटल र जीवन बीमा बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह २७.७२ अंकले घटेको छ ।
दिनभरिमा १७४ वटा कम्पनीको ८ लाख ७३ हजार ४ सय ९५ कित्ता शेयर ४ हजार ८ सय ४ पटक खरिदविक्री हुँदा २३ करोड ५३ लाख २० हजार ९ सय ४० को कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्सको दुई करोडकाथिको कारोबार भएको छ । नेपाल बैंकको एक करोडभन्दा बढिको कारोबार भएको छ । प्रभु बैंक, एनएमबि बैंक र अपर तामाकोशी हाइड्रोपावरको ९० लाखभन्दा बढिको कारोबार भएको छ । जनता बैंक प्रोमोटर शेयरको ६० लाखकाथिको कारोबार भएको छ । त्यसैगरी नविल बैंक, एशियन लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स र एनआईसी एशियाको ५० लाखमाथिको कारोबार भएको छ ।
भार्गव विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । नेपाल लाईफ इन्स्योरेन्स, सानिमामाई हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त, एभरेष्ट एन्स्योरेन्स, एनआईसी एशिया ग्रोथ फण्ड, प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ इक्यिूटी फण्ड, कन्काई विकास बैंक, नाङदी ग्रुप लगायतका शेयरधनीले कमाएका छन् ।
सिन्धु विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै प्रतिशतले गुमाएका छन् । कृषि विकास बैंक, आखुँखोला जलविद्युत, घलेम्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, सहयोगी विकास बैंक, नेपाल सेवा लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंक, जेविल्स फाइनान्स, नाडेप लघुवित्त लगायतका शेयरधनीले गुमाएका छन् ।
प्रतिक्रिया