Logo

प्रमुख समाचार

सरकार स्वतन्त्रता हनन गर्ने कार्यमा सक्रिय भएको सभापति देउवाको आरोप



नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सबै खालको स्वतन्त्रता हनन गर्ने कार्यमा सक्रिय रहेको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आज चाँगुनारायण नगरपालिका वडा नं. ८ जितपुर सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभामा बोल्दै उनले प्रजातान्त्रिक अधिकार माथि हस्तक्षेप गर्ने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

सरकारले प्रेस माथि पनि बिभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै कांग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताए ।

प्रजातन्त्र ल्याउने पटक पटकको आन्दोलनमा सक्रिय सहभागि रहेका पण्डितको गत २०७४ फागुन १ गते निधन भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दूर्लभ थापाले पण्डितको निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको बताउदै उहांको योगदानको अनुसरण गर्दै पार्टी एक ढिक्का भएर अगाडि जानु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार  १ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।