Logo

अन्तर्राष्ट्रिय

मलाई सत्ताको मतलब छैन, देशको रक्षाका लागि घर–घरमा छिरेर मार्नेछौं : मोदी



भारत प्रशासित काश्मिरमा गत फेब्रुअरी १४ तारिखमा भएको आत्मघाती हमलाको यत्तिका दिनपछि पनि भारत पाकिस्तानबीचको तनाव घट्दो होइन बढ्दो छ ।यता पाकिस्तानी प्रधानमन्त्री बारम्बार शान्तिको कुरा गरिरहेका छन् भने उता भारत पटकपटक हत्या, हिंसा, हमलाको कुरा गरिरहेको छ ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तै कुरा दोहोराएका छन् ।दुई दिने गुजरात भ्रमणमा रहेका मोदीले अहमदाबादमा एक –यालीलाई सम्बोधन गर्दा विपक्षी पार्टी र पाकिस्तानमाथि तिखो हमला गरेका छन् ।

उनले सोमबारको सम्बोधनमा भने, ‘भारतका केही नेता जो बयानबाजी गर्छन् त्यो पाकिस्तानको पत्रिकामा हेडलाइन बन्ने गर्छ, यो देशको लागि दुर्भाग्य हो । म अब लामो प्रतिक्षा गर्न सक्दिनँ । छानी–छानी हिसाब लिनु मेरो विशेषता हो । ’

‘अब घर–घरमा छिरेर मार्नेछौं । विगत ४० वर्षदेखि आतंकवादले हिन्दुस्तानको छातीमा गोली हानिरहेको छ तर भोट बैंकको राजनीतिमा डुबेका मानिसहरु केही ठोस् कदम उठाउन डराउँछन्, ’ उनले भने, ‘मलाई सत्ताको मतलब छैन, मलाई मेरो देशको चिन्ता छ । मेरो देशका मानिसहरुको सुरक्षाको पर्वाह छ । ’

साथै, उनले आतंकवादीलाई पातल मुनी गएर भए पनि मार्ने चेतावनी दिएका छन् ।यसअघि भारतीय वायुसेनाका एयर चीफ मार्शल बिरेन्द्र सिंह धनोआले पत्रकार सम्मेलनमा पाकिस्तानको बालाकोटमा चरमपन्थीविरुद्धको कारवाही एउटा सुरुवात मात्र भएको बताएका छन् । उनले भने, ‘आतंकवादविरुद्धको अभियान समाप्त भएको छैन । यो अहिले पनि जारी छ ।’

साथै मोदीले भारतीय वायुसेनाको अभियान फेल भएको भए कसको राजीनामा माग्ने भनेर प्रश्न गरे । उनले भने, ‘जुन प्रोजेक्टको हामी शिलान्यास गर्छौं, त्यसको उद्घाटन पनि हामी नै गर्छौं अर्थात् आज जुन प्रोजेक्टको शिलान्यस गरिँदै छ, त्यसको उद्घाटनमा पनि म नै हुनेछु ।’उनले थपे, ‘हाम्रो सरकारको विशेषता छ कि एक काम सिद्धिने बित्तिकै अर्को काम सुरु हुन्छ । एउटा काम सिद्धाएर हामी सुत्दैनौं, अर्कोको तयारी गर्छौं ।’

प्रकाशित मिति : फाल्गुन २१, २०७५ मंगलबार  २ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।