Logo

प्रमुख समाचार

कम्युनिष्टको नाममा देशमा प्रतिक्रियावादि धमिराहरु फैलिएका छन : अध्यक्ष प्रचण्ड



पुर्व प्रधानमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टको नाममा देशमा प्रतिक्रियाबादि धमिराहरु फैलिएको बताएका छन् । अध्यक्ष प्रचण्डले अहिले यस्ता प्रतिक्रियाबादि कम्युनिष्टहरुले देशमा आतंक मच्चाउने खोजेको जनाएका छन् ।

अध्यक्ष प्रचण्डले मंगलबार इलाम र झापाको सिमानामा पर्ने दानाबारीमा नेकपाले आयोजना गरेको ४६ औँ सुखानी शहीद स्मृति दिवस तथा श्रद्धाञ्जलिसभा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । साथै प्रचण्डले देशका केही प्रतिगामी समूहहरु भर्खरै एकता भएको नेकपा पार्टी फुटाउन खेलमा लागि परेकोले बताएका छन् ।

प्रचण्डले यस बारेमा स्पष्टिकरण दिँदै नेकपा पार्टी भित्र त्यस्तो कुनै असन्तुष्टि नरहेको उनले प्रस्ट पारेका छन् । झापा आन्दोलन र विद्रोहका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सरकार शहीद घोषणा गर्ने तयारीमा रहेको बताउँदै उनले भने, कोही शहिद हुने कोही शहीद नहुने यसमा कुनै किसिमको भेदभाव हुँदैन। भर्खरै पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको हेलिकोप्टर दुर्घटनामा निधन भएकोले फागुन २१ अघि बाँकी रहेका व्यक्तिलाई शहीद गर्न सकेनौं।उनीहरूलाई अब छिट्टै राज्यले शहीद घोषणा गर्ने उनले बताए।

उनका अनुसार झापा विद्रोहले पञ्चायत शासनसँगै राजतन्त्र ढालेर जनता र देशका लागि लोकतन्त्र र गणतन्त्र स्थापना गराउन मुख्य भूमिका निर्वाह गरेको छ। ‘४६ वर्षअघि यस आन्दोलनको एक पात्र म पनि हुँ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसदिन म लुकेर वा भागेर नवाँचेको भए पञ्चायत सरकारले मलाई यही ल्याएर मार्थ्यो। सुखानीमा मेरो पनि शालिक हुन्थ्यो।’

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी एकतापछि गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रतिक्रियावादीले प्वाल पार्ने षडयन्त्र बनाइरहेको खुलासा गरेका छन्। पार्टी एकतालाई मजबुत बनाउन हामी लागि परेको उल्लेख गर्दै तत्कालीन माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले भने, ’कम्युनिस्ट आन्दोलनलाई व्यर्थ जान नदिन हामी एकजुट भएका छौं।’ ‘जनताको अधिकार र समृद्धिका लागि वर्तमान सरकार लागि परेको छ’, उनले भने, ‘कम्युनिस्ट वहुमतको सरकारबाट हुने कमि कमजोरीलाई पार्टी्भित्र छलफल र समीक्षा गरी जनताको पक्षमा लैजान प्रयासरत छौं।’

सुखानीको यस शहीद भूमिमा उभिएर प्रचण्डले भने, ‘तत्कालीन एमाले(माओवादी पार्टी एकता नगराउन मलाई धेरै लोभ लालच देखाइयो। पाँच वर्षसम्म प्रधानमन्त्री बनाउने लिखित सहमति पनि दिने भयो। तर मैले मानिन्’ उनले भने, ‘मैले पद र प्रतिष्ठाको लागि पार्टी एकता गरेको होइन। कम्युनिस्टलाई एकजुट बनाउन पार्टी एकता गरेको हुँ।’ ‘दुई पटक प्रधानमन्त्री बनिसकेको छु। प्रधानमन्त्रीको लागि लोभ छैन। अब जनताको पक्षमा काम गर्ने छु। ’

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार १४:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।