Logo

समाचार

उद्धार र विपद् व्यवस्थापन गर्न प्रहरीले माग्यो सात हेलिकोप्टर



नेपाल प्रहरीले उद्धार र विपद् व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै गृह मन्त्रालयसंग सातवटा हेलिकोप्टर खरिद गर्न बजेट माग गरेको छ । प्रहरीले हरेक प्रदेशमा खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि एउटा हेलिकप्टरको व्यवस्थापन गर्ने उद्देश्यका साथा सातवटै प्रदेशका लागि सातवटा हेलिकोप्टर माग गरेको हो ।

सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकोप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियो । तर प्रहरीलाई गृह मन्त्रालयले भने बजेट उपलब्ध गराएको थिएन ।

२०१२ सालमा स्थापना भएको प्रहरी संगठनले पटक–पटक हेलिकोप्टर खरिदका लागि बजेट माग गर्दै आएको छ । हेलिकोप्टर प्रहरीलाई आवश्यक भए पनि गृह मन्त्रालयले अहिलेसम्म हेलिकोप्टर खरिद गर्न बजेट उपलब्ध गराएको छैन ।

दुर्घटनापछिको खोज तथा उद्धारमा जनशक्ति व्यवस्थापनमा हेलिकोप्टर आवश्यक भए पनि प्रहरी संगठनले प्राप्त गर्न सकेको छैन । प्राकृतिक विपद्पछिको खोज तथा उद्धारमा जनशक्ति पठाउनका लागि निजी क्षेत्रको हेलिकोप्टर पठाउनुपर्ने अवस्था रहेको प्रहरीले बताएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार  १ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।