Logo

समाचार

रानी पोखरी सुन्दर फर्काईदै, भक्तपुरका सिपालु कर्मीद्वारा पुननिर्माण



रानीपोखरीलाई पूर्ववत् अवस्थामै फर्काईने भएको छ । पानी नभएका कारण सुकेको रानीपोखरीलाई फेरी पुरानै पोखरी झै बनाईने भएको छ । यसका लागि भक्तपुरका सिपालु कर्मीहरुलाई काममा लगाईएको छ । रानी पोखरीलाई प्राचीन प्रविधिबाटै पोखरी पुननिर्माण गरिने जनाईएको छ । अहिले यहाँ भक्तपुर नगरपालिकाले ४० जना प्राविधिक उपलब्ध गराएको छ । यो टोलीले करिब ५० वर्षदेखि सुकेको भक्तपुरकै भाजु पोखरीसमेत पुननिर्माण गरिरहेको छ ।

भूकम्प गएकै वर्षको माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माणको शिलान्यास गरे पनि अनेकन विवादमा फस्दा काम रोकिएको थियो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले विभिन्न कामको विभाजन गर्दै सोमबारबाट कामको थालनी गरेको हो ।

त्यही क्रममा पानी तान्ने प्राचीन प्रविधिको काम उपभोक्ता समितिमार्फत हुने भएको छ भने बाँकी काम ठेकेदारको जिम्मा लगाइएको प्राधिकरणका कार्यकारी सदस्य चन्द्र श्रेष्ठले बताए ।

मन्दिर, पश्चिमतिरको छेउबाट मन्दिरसम्म जाने पुल र रानीपोखरी बाहिरको कामको जिम्मा ठेकेदारलाई नै गर्ने भएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार ०२:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।