Logo

अर्थ

रेल कुदाउने सपना, बजेटको अभाव



सरकारल चीन र भारतबाट रेल ल्याएर नेपालका डाँडाकाँडामा कुदाउने भन्दै सर्वसाधारणलाई ठूलाठूला सपना बाँडिरहेका छन् । यसले मुलुकमा आर्थिक समृद्धि हुने अपेक्षा पनि गरिएको छ । तर, स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन सकेको छैन । बजेट उपलब्ध गराउन नसक्दा जनकपुरको कुर्थादेखि जयनगरसम्म रेल सञ्चालन अन्योलमा परेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ । दुईवटा रेल खरिद गर्न ५० करोड रुपैयाँ अपुग हुने विभागका महानिर्देशक बलराम मिश्रले बताउँछन् ।

‘विनियोजित बजेटले एउटा रेल खरिद गर्न सकिन्छ । तर नियमित रेल सञ्चालन गर्न दुईवटा इन्जिन आवश्यक पर्छ, महानिर्देशक मिश्रले भने । उनले भने, ‘त्यसैले थप रकम माग गरेका छौँ । रकम उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालय सकारात्मक छ ।’यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार ०२:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।