Logo

अर्थ

७८ लाख घुस प्रकणका दोषि पाठकसंग अख्तियारले बयान लिने तयारी



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व आयुक्त राजनारायण पाठकसंग बयान लिने तयारी गरेको छ । नेपाल इञ्जिनियरिङ कलेज, भक्तपुरको स्वामीत्व विवादमा ७८ लाख घुस अभियोगमा मसछिएका पाठकसंग कार्यालयमै बोलाएर बयान लिईने भएको छ । सो घुस प्र्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पाठकलाई आयोगका सहसचिव नेतृत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले बयानका लागि टंगालस्थित कार्यालयमै बोलाउने तयारी गरेको हो ।

इन्जिनियरिङ कलेज घुस प्रकरण अुनसन्धान टोलीमा सहसचिव, उपसचिव, र नेपाल प्रहरीका डिएपी छन् । पाठकले कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै बिचौलियामार्फत घुस लिएको पुष्टि भएपछि फागुन ३ गते आयुक्त पदबाट राजीनामा दिएका थिए ।

घुससम्बन्धि अडियो टेप सार्वजनिक भएपछि पाठकमाथि महाभियोग लगाउन सांसदबीच छलफल चलेकै अवस्थामा उनको राजीनामा आएको थियो । राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ । यो समाचार नागरिक दैनिमा छापिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार ०२:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।